नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो, यस्ता छन् निर्णय

लोकपथ
0
Shares

काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल – झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले एमाले पुनर्गठनको लागि दुईमहिने अभियान सञ्चालन गर्ने भएको छ।

आज (शनिवार) बसेको स्थायी कमिटी बैठकले दुईमहिने अभियानमा एमाले पुनर्गठनदेखि घरदैलोसम्मका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी गराउँदै नेता योगेश भट्टराईले बैठकले पार्टीका प्रदेश, जिल्ला, गाउँ, नगर, वडा कमिटी गठन, पुनर्गठन गर्ने, सबै संगठन पुनर्गठन भएपछि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गर्ने, वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने, जेठ ३ गते मदन आश्रित, मनमोहन स्मृति दिवसका कार्यक्रम सञ्चालन गर्ने, पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, आजको बैठककले एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?