दक्षिण एसियामै नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित : अध्ययन

लोकपथ
0
Shares

काठमाडौं । नेपाल महिलाहरुका लागि सामाजिक सञ्‍जालमा दक्षिण एसियामै सुरक्षित राष्ट्र भएको एक अध्ययनले देखाएको छ । भारतको सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको हो । अध्ययनले अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पनि उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो । होल्डिङ अप हाफ द स्काइ हाउ होसाइल द साउथ एसियन सोसल मिडिया स्पेस फर वुमन शीर्षकमा गरिएको उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो ।

प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लित शब्दहरुको प्रयोग गर्ने कम गरेको पाइएको हो । यस मामिलामा सबैभन्दा बढी भारत, त्यसपछि क्रमश पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन्।

डिसइन्फो ल्याबका अनुसार अब्युज९ओ९मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको ह्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?