काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१० सुगम टोल बस्ने ४७ वर्षीय ईन्द्र बहादुर राईलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
राईले ती बालिकालाई गत फागुन २९ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया