३४ वर्षपछि सोसिडाडले चुम्यो ‘कोपा डेल रे’ को उपाधि

लोकपथ
0
Shares

काठमाडौं । रियल सोसिडाडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि हात पारेको छ । शनिवार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै सोसिडाडले उपाधि हात पारेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

Image

यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ ।

सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।

बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ । सन् २०२०-२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग खेल्नेछ ।

फाइनल खेल अप्रिल १७ मा हुनेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?