रोनाल्डोको गोलमा युभेन्टस बराबरीमा रोकियो

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ४६ औं मिनेटमा सनाब्रियाले व्यक्तिगत गोल गर्दै टोरिनोलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युभेन्टसले २८ खेलमा ५६ अंक जोडेको छ । युभेन्टस चौंथो स्थानमा रहेको छ ।

टोरिनो २४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?