काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १२ नेपाली युवाको शव आज नेपाल ल्याइएको छ । रोजगारीका लागि मलेशिया गएका १२ नेपालीको शव आज नेपाल ल्याइएको हो ।
१२ युवा मध्य गोरखाका दुईजनाको शव बुझ्न आएका आफन्तलाई भेट्न पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका छन् ।
शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो दुस्खद अवस्था! वैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८वर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ वर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’
कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आॅसु थामिन्थ्यो र! pic.twitter.com/79O6XWtIIc
— Baburam Bhattarai (@brb1954) April 4, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया