काठमाडौं । भारतको छत्तीसगढस्थित बिजापुरमा भएको माओवादी र सुरक्षाकर्मीबीचको भिडन्तमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
शनिवार भएको माओवादी र सुरक्षाकर्मीबीचको भिडन्तमा ३१ जना सुरक्षाकर्मी भने घाइते भएका छन् भने एक जना सुरक्षाकर्मी सम्पर्कविहिन रहेका छन् ।
४ घन्टासम्म दोहोरो फायरिङ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भिडन्तपछि नक्सलवादीहरुले करिब २ दर्जन बढी हतियार पनि लुटेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । सो भिडन्तमा ९ जना माओवादीको पनि मृत्यु भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया