त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा २० खेलाडी, शरद र वसन्त परेनन्

लोकपथ
0
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले आइतवार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।

नेपाली टिमको बन्द प्रशिक्षण मंगलवारबाट शुरु हुनेछ । नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेल्नेछ ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्य शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

क्यानले उनीहरु टिममा नरहनुको कारण भने बताएको छैन ।

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?