ताइवान रेल दुर्घटना : आफू जिम्मेवार रहेको भन्दै राजीनामा दिने तयारीमा यातायात मन्त्री

लोकपथ
0
Shares

काठमाडौं । ताइवानका यातायात मन्त्री लिन चिया-लुङले रेल दुर्घटनाको लागि आफू जिम्मेवार रहेको बताएका छन् । यातायात मन्त्री चिया-लुङले राजीनामा दिने बताएका छन् । मन्त्री लिनले आइतवार ताइवानका प्रधानमन्त्रीसँग फोन कलमा मौखिक राजीनामा प्रस्ताव गरेका हुन् ।

गत शुक्रवार भएको रेल दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २०० भन्दा बढी यात्रु घाइते भएका थिए । एक्सप्रेस ट्रेन ताइवानको पूर्वी शहर हुउलिएनको नजिक एउटा ट्रकमा ठोक्कीएको थियो ।

उक्त रेलमा ४९० जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?