काठमाडौं । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले आइतवारदेखि इन्धनको मूल्य बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २र२ रुपैयाँ बढाएको निगमले जनाएको छ।
अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय २० रुपैयाँ र डिजेल मट्टितेलको १ सय ३ रूपैयाँ कायम भएको छ। यता खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।
यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया