ईन्धनको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूले निगम घेराउ गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै एमाले नेता माधव कुमार नेपाल निकट अनेरास्ववियूले निगम घेराउ गर्ने भएको छ ।

मूल्य निरन्तररुपमा बढेपछि अनेरास्ववियूले विरोधस्वरुप आज बिहान १२ बजे निगम परिसर घेर्ने कार्यक्रम तय गरेको हो ।

निगमले पेट्रोल र डिजलरमट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय २० र डिजल-मट्टीतेलको मूल्य १ सय ३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । निगमले विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको भन्दै मूल्य समायोजन गर्नुपरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?