टेकसिँह धामी/ धनगढी- दार्चुलास्थित गोकुलेश्वर प्राथमिक अस्पतालको सेवा सुचारु भएको छ । अस्पतालमा काम गर्ने चिकित्कलाई ज्यान मार्ने धम्की आएको भन्दै सेवा बन्द गरेकोे गोकुलेश्वर प्राथमिक अस्पतालमा सेवा सुचारु गरेको हो ।
शनिवार बिहान विज्ञप्ति जारी गर्दै अस्पतालले अस्पतालमा कार्यरत डाक्टरलाई ज्यान मार्ने धम्की आएको भन्दै आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
अस्पतालले केही व्यक्तिले मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौच तथा कुटपिटको प्रयास गरेको जनाएको थियो । उनीहरुले ज्यान मार्ने धम्की समेत दिएको शनिवार एक विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।
तर शनिवार दिउँसो इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा अस्पताल प्रशासन र मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौज तथा कुटपिटको प्रयास गरेको र ज्यान मार्ने धम्की दिने भनिएका व्यक्तिसँग लिखित सहमति भएको प्रहरीले जनाएको छ ।
आगामी दिनमा त्यस्तो कार्य नगर्ने सहमति र सार्वजनिक रुपमा माफी मागेपछि आइतबारवाट बन्द गर्ने भनिएका सेवा सुचारु गरेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यो पनि : डाक्टरलाई ज्यान मार्ने धम्की, अस्पतालका सेवा बन्द
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया