चेम्बर अफ कमर्शको निर्वाचन : अध्यक्षमा मल्लको बलियो दावेदारी, क-कसले दिए उमेद्वारी ? (नामावलीसहित)

काठमाडौं । व्यवसायीहरुको पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा राजेन्द्र मल्ल पक्कापक्की भएको बताइएको छ ।

यहि चैत २८ गते हुन लागेको चेम्बर को नेतृत्व चयनमा व्यवसायी मल्लले अध्यक्षमा उमेद्वारी दिएका छन् । उनी निर्विरोध अध्यक्षमा चयन हुने पक्का भएको बताइएको छ । मल्ल चेम्बर का वरिष्ठ उपाध्यक्ष हुन् । उनी २०६२ सालमा चेम्बरप्रवेश गरेका थिए । उनी चेम्बर का महासचिव समेत भइसकेका व्यक्ति हुन् । मल्ल मनाङ एयर र प्रभु इन्स्योरेन्सका संचालक हुन् । त्यस्तै, उनी भक्तपुर इट्टा टायल कारखाना तथा कान्तिपुर इन्जिनियरिङ कलेजका पनि मल्ल संचालक हुन् । उनको ठमेलमा ठमेल ट्रेड सेन्टर तथा जरसिंह पौवामा तिलौरा रिर्सोट निर्माणाधीन अवस्थामा छन् । त्यस्तै, चेम्बर को वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल र उपाध्यक्षमा दीपक मल्होत्रा चयन हुने बताइएको छ । मलहोत्रा अहिलेको पनि उपाध्यक्ष हुन् ।

आज सोमवार चेम्बरले अन्तिम नामावली प्रकाशन गरेको छ । चैत २८ गते नेतृत्व चयनका लागि मतदान हुनेछ । मतदान चेम्बरभवन कान्तिपथमा हुने बताइएको छ ।

चेम्बर को ५५ जनाको कार्यसमितिमा वाणिज्य क्षेत्रबाट १५ जना, उद्योग क्षेत्रबाट ९, जिल्ला चेम्बर अफ चेम्बर बाट १५ प्रतिनिधित्व, चेम्बर अफ कमर्सको प्रतिनिधित्व १, वस्तुगत संघबाट ९, संस्थागत उद्योग वाणिज्य संघबाट ३, आबद्ध संघबाट ३ गरी ५५ जना छानिएका छन ।

को को हुन् ५५ जना कार्यसमिति सदस्य ?

चेम्बरका अनुसार वाणिज्यतर्फ १५ जना चयन भएका छन् । यसअन्र्तगत व्यवसायी कमलेशकुमार अग्रवाल, ओमकृष्ण विमली, दीपककुमार मल्होत्रा, विजय साह, मनोजकुमार केडिया , पंकज जलान, निलकण्ठ चौलागाइँ, दीर्घमान श्रेष्ठ, सन्तोषकुमार पाण्डे, महादेव पोखरेल, नवराज ढकाल, भाईचन्द्र श्रेष्ठ, राष्ट्रभूषण चाकुबजी, दीपक श्रेष्ठ, राजु श्रेष्ठ, भीमलाल पौड्याल, दीपककाजी तुलाधर रहेका छन् । त्यस्तै, सतीशकुमार अग्रवाल, सुरेन्द्रकुमार सारडा, रोशन भोयद्यो, निरज राई, नन्दकुमारी लम्साल, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, सुगन्धकुमार गुप्ता, अशोककुमार अग्रवाल, सुशील पाण्डेय, कैलाशचन्द्र गोयल, तुफान खड्का र कृष्णमान श्रेष्ठ रहेको चेम्बरले जनाएको छ ।

त्यस्तै,उद्योगतर्फ ९ जना चयन भएका छन् । जसमा राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, समितकुमार अग्रवाल, सुवासचन्द्र संघाई रहेका छन् । त्यस्तै,अन्य सदस्यहरुमा नरेन्द्र बल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर रहेका छन् ।
त्यस्तै, वस्तुगत संघतर्फ पनि ९ जना चयन भएको चेम्बर ले जनाएको छ । जसमा अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजयकुमार अग्रवाल, सुरेन्द्रभाई शाक्य र किरणकुमार डंगोल रहेका छन् ।

त्यस्तै, आबद्धतर्फ ३ जना चयन भएका छन् । जसमा देवेन्द्रभक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल छन्। यसैगरी द्धिराष्ट्रिय संस्थागततर्फ होटल व्यवसायी विनायक शाह, दिपकर कुँवर र त्रिभुवनधर तुलाधर रहेको चेम्बरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?