काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ५ सय ३६ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा २६६ जनाको नतिजा पोजेटिभ आएको हो । नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा घण्टामा १०२ जना संक्रमण मुक्त भएका छन् । देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ४ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको थियो । हाल क्वारेन्टिनमा ६४ जना छन् भने आइसोलेसनमा १ हजार ८३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि हरेक नगरपालिकाले एन्टीजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया