काठमाडौं । संकटा क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमवार भएको तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा संकटालाई जित दिलाउन फोफो माले निर्णायक गोल गरे ।
फोफोले खेलको ४४ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलवार थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।
प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया