चितुवाको छालासहित ३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंबाट संरक्षित वन्यजन्तु चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट १ थान संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छालासहित ३ जनालाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गाविस-८ बस्ने ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाउँपालिका-२ बस्ने २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोकी प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?