काठमाडौं । विभागीय टिम एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा मंगलवार भएको खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपीएफले भरतपुरमाथि २५-१३, २५-७ र २५-९ को सेटमा हराएको हो । एपीएफको यो तेस्रो जित हो । जितसँगै एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
एपीएफले ४ खेलमा १० अंक जोडेको छ । भरतपुरको ३ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया