काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ ।
सोमवार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको भन्दा १ अंकले मात्र पछि रहेको छ ।
बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ ।
भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया