आहा रारा गोल्डकप : थ्री स्टार र पुलिस भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

थ्री स्टार र पुलिसबीचको खेल दिउँसो ३:०० बजे शुरु हुनेछ । आज दुई ए डिभिजन क्लब जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ ।

विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?