काठमाडौं । बेलायतमा आगामी सोमवारदेखि लकडाउनमा केही खुकुलो गरिने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमवारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका हुन् ।
उनले भने– आगामी सोमवारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।
उनका अनुसार लन्डनमा आगामी सोमवारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।
आगामी सोमवारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमवारबाट बेलायत सरकारले दुई किसीमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।
बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि त्यहाँको सरकारले लकडाउन नै गरेको थियो।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया