कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीहरुले आज मंगलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष सामुहिक राजीनामा दिएका हुन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरुले पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै राजीनामा दिएका हुन् ।

राजिनामा दिनेमा कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

कर्णालीमा अहिले पनि एमाले संसदीय दलको बैठक जारी छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेपनि आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?