काठमाडौं । तेह्रथुममा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको हो ।
हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया