मक्का दर्शन गर्न जान कोरोनाविरुद्धको खोप अनिवार्य

लोकपथ
0
Shares

काठमाडौं । साउदी अरेबियाले हज तथा उमराहको लागि मक्का दर्शन गर्न कोरोनाविरुद्धको खोप अनिवार्य गरेको छ ।

त्यहाँको हज तथा उमरा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोप लगाएकालाई मात्रै हज तथा उमराहको लागि मक्का आउन अनुमति दिने बताएको हो ।

विज्ञप्ति हजयात्रामा जान चाहनेले कम्तीमा १४ दिनअघि कोरोनाविरुद्धको खोपको एक डोज लगाएको विवरण अनिवार्य पेश गर्नुपर्ने बताइएको छ । साथै कोरोना संक्रमणमुक्त भएकालाई पनि मक्का आउन अनुमति दिइने विज्ञप्तिमा भनिएको छ ।

रमजानको क्रममा मक्काको मस्जिद वरपर कोरोना संक्रमण फैलन नदिन आवश्यक सबै नियम कडाइका साथ पालना गराउन ठूलो संख्यामा स्वयंसेवक खटाइने मन्त्रालयले जनाएको छ ।

गतवर्ष साउदी ले १० हजार जनालाई मात्र हजयात्रामा जाने अनुमति दिएको थियो । यसपटक हज गर्न कतिलाई अनुमति दिने भन्नेबारे उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?