नेपाली विद्यार्थीहरुलाई खुशीको खबर

लोकपथ
0
Shares

काठमाडौं । अब नेपाली विद्यार्थीहरु सजिलै दक्षिण कोरिया जान पाउँने भएका छन् । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुन् ।

दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी कोरिया जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन) बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए ।

दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?