माओवादीले सांसद पदबाट निलम्बन गरेपछि प्रभु साहको प्रतिकृया

लोकपथ
0
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीले दल त्यागेकाले प्रतिनिधिसभाको सांसद पदबाट हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

‘माओवादी केन्द्र त्यागेर एमालेमा गएका सांसद प्रभु साहले भने प्रचण्डको निर्णय निरंकुशताको पराकाष्ठा भएको प्रतिकृया दिए । जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’ उनले भने- ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता र सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरुले हामी साझा घोषणा पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधि माथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन ।’

यसैगरी निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिङ्गै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका
बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?