काठमाडौं । कपिलवस्तुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका ५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई हिजो (मंगलवार) साँझ प्रहरीले पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया