भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५० वर्षीय साने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१२ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथलालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?