संसदले काम गर्न नसक्नुमा सभामुखको मुख्य भुमिका छ : लालबाबु पण्डित

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सांसदले विधेयक पास नगरेको प्रति प्रश्न गरेका छन् । आज बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पण्डितले अधिवेशनले एउटा पनि विधेयक पास नगरेको प्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? अहिले ६५ वटा विद्येयकहरु प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका छन् ।’

सांसद पण्डितले संसदले काम गर्न नसक्नुमा सभामुखको मुख्य भुमिका रहेको आरोप लगाएका छन् । ‘संसदले काम गर्न सकिरहेको छैन । यसमा सम्माननीय सभामुखको मुख्य भुमिका रहनेछ ।’ उनले भने ।

सांसद पण्डितले संसदलाइ काम गर्नबाट प्रधानमन्त्रीले नरोकेको स्पष्ट पारेका छन् । उनले भने ‘यदि संसदले काम गर्न सकेन भने सभामुख महोदयको पनि काम गर्न कुन राजनीतिक पार्टीले रोकेको छ ? प्रधानमन्त्रीले रोक्नु भयो ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?