काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारको बचाउ गर्दै प्रधानमन्त्री संसदमा आउने वातावरण नबनाएको टिप्पणी गरेका छन् ।
आज (बिहीवार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गतका अन्य बैठकहरुमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको दाबी गरे ।
उनले भने, ‘यो एक महिनाको दौरानमा बैठक ६ पटक बस्यो । २३ गते १ घण्टा बसेर फर्किनु भो । दोस्रो दिनको बैठकमा ४५ दिन बसेर फर्किनुभयो । तेस्रो बैठकमा ३० मिनेट बसेर फर्किनुभयो । जुन दिन प्रधानमन्त्री बैठकमा आउनुभयो त्यहि दिन सभामुख ज्यू लगायत कार्यव्यवस्था समितिले ढिलासुस्ती गर्ने, आलटाल गर्ने काम भयो ।’
बैठकमा बोल्दै सांसद बस्नेतले प्रधानमन्त्री ओलीकै कारण युवाहरु आकर्षीत भएको समेत बताए । ‘आई हेट पोलिटिक्स भन्ने युवाहरु आई लभ केपी बा भन्दैछन् ।’ उनले भने ।
त्यस्तै मेलम्चीको खानेपानी काठमाडौं ल्याउँदामा उपत्यकाकै सांसदहरुको टाउको दुखेको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद बस्नेतले अहिले सरकारको विकल्प खोज्न थालिएको भन्दै सहि बाटोबाट गएमा आफूहरु प्रतिपक्षीमा बस्न तयार रहेको बताए । ‘सरकारको विकल्प खोज्ने हो भने अकर्मन्य ढंगले नभइ सहि बाटोबाट विकल्प खोजौँ । हामी प्रतिपक्षीमा बस्न तयार छौँ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया