चालीस हजार घूससहित एक प्रहरी कर्मचारी अख्तियारको फन्दामा

अख्तियारको टोलीले ४० हजार घूससहित एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले सो घूस मागेको उजुरीको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।

उनले रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?