काठमाडौं । पत्रकार महासंघ प्रतिष्ठानतर्फको केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् । बुधबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसैबीच प्रतिष्ठान प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका हुन्।
२ पदका लागि ७ जना प्रतिस्पर्धामा थिए । यसमा ४ सय ९१ मत ल्याएर दाहाल र ५ सय ६८ मत ल्याएर अधिकारी विजयी भएका हुन् । प्रतिष्ठान प्रदेश तर्फबाट अन्य केन्द्रीय पदका लागि आएको मतमा विपुल पोखरेलको प्यानलका उम्मेदवारहरू अगाडि देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया