काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।
बिहीवार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।
यस जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
युनाईटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया