कोरोना दोस्रो लहर : भर्चुअल माध्यमबाट पढाई सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले शैक्षिक संस्था तथा भिडभाड हुने क्षेत्रमा कडाई गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था तथा अन्य भिडभाड हुने क्षेत्रहरुलाई सतर्कता अपनाउनका लागि आग्रह गरेको हो ।

शैक्षिक लाई भर्चुअल माध्यमबाट सञ्चालन गर्न वा बन्द गर्नका लागि आग्रह गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । त्यस्तै स्रोतका अनुसार अन्य भिडभाड हुने क्षेत्रहरु जस्तै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा सिनेमाहल बन्द गर्न आग्रह गरिएको हो ।

कोरोनाको कारण लामो समय बन्द रहेको नेपालको शैक्षिक क्षेत्र भौतिक भौतिक उपस्थितिमा केही समय अगाडि मात्रै सुचारु भएको थियो । तर कोरोनाको जोखिम थप भएपछि पुनः विद्यालय बन्द गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?