साम्बा मानपदवीद्धारा सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । सरकारले फुटबलर सावित्रा भण्डारी सहितका खेलाडीलाई मानपदवीद्धारा सम्मान गरेको छ । विभिन्न खेलबाट पदक जितेर देशको गौरव बढाएको भन्दै सरकारले मानपदवीबाट खेलाडीलाई सम्मान गरेको हो ।

शुक्रवार एक औपचारिक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा खेलाडीलाई विभिन्न मानपदवीबाट पुरस्कृत गरेकी छिन् ।

No description available.

सरकारले संविधान दिवसका अवसरमा १३ औं सागको पदक जित्ने खेलाडी सहितका ब्यक्तित्वलाई विभिन्न मानपदवीबाट पुरस्कृत गर्ने बताएको थियो ।

संविधान बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वलाई विभूषण प्रदान गरिँदै आएको छ ।

No description available.

सम्मानित हुने खेलाडीमा महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी, ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल, कराँते खेलाडी मन्देकाजी श्रेष्ठ, एथलेटिक्स खेलाडी अजित कुमार यादब, बडिबिल्डर महेश्वर महर्जन, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, पूर्व भलिबल खेलाडी भरत शाहलाई सम्मान गरेको हो ।

No description available.

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा (साग) मा महिला टोलीलाई रजत पदक जिताएका प्रशिक्षक खड्का र भण्डारी प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभूषित भएका थिए । यस्तै, यादब, महर्जन, प्रशिक्षक थापा र शाह प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभूषित भएका हुन् ।

१३ औं सागमा नेपाललाई स्वर्ण दिलाएका खेलाडीलाई विभूषित गर्ने सुचिमा समावेश नगरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?