काठमाडौं । मलेसियामा जेल जीवन बिताई २४ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेल सजाय कटाएर स्वदेश फर्किएका हुन् ।
जोहोरबारुस्थित घरफिर्ती केन्द्रमा रहेका उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइएको नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढ थापाले जानकारी दिए ।
उनीहरुलाई दूतावासको पहलमा आप्रवासी श्रमिकहरुको हकहितमा काम गर्ने संस्था इंटरनेशनल अर्गनाइजेशन फर माइग्रेसनले हवाई टिकट उपलब्ध गराएको थियो भने कोरोना परीक्षण मलेसिया सरकारले नै निशुल्क रुपमा गरिदिएको थियो ।
दूतावासले उनीहरु सबैको यात्रा अनुमतिपत्र तयारी गरी हिमालयन एयरलाइन्सको क्वालालम्पुर – काठमाडौँ उडान मार्फत स्वदेश फर्काउन सफल भएको सचिव थापाले बताए ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका छन् ।
मलेसियामा बैधानिक तथा अबैधानिक गरि ३ लाख ५० हजार नेपाली कार्यरत रहेको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया