कैलाली । ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ धनगढी जेसिसले आयोजना गरेको सातौ संस्करणको धनगढी हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले हात पारेका छन् ।
२१ दशमलक १ किलोमीटरको दुरि उनले १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधी जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधी हो । उपाधी संगै बुढाले नगद ५५ हजार ५ सय ५५ रुपैया समेत प्राप्त गरे ।
त्यस्तै निर्धारित दुरि १ घन्टा ९ मिनेट ८ दशमलव ५३ सेकेण्डमा पार गर्दै बैतडीका नरेन्द्र रावत दोश्रो भए भने सशस्त्र प्रहरीका सन्तोष बिष्ट तेस्रो भए । उनले २१ दशमलव १ किलोमीटरको दुरि १ घन्टा १२ मिनेट ४ दशमलव २७ सेकेण्डमा पार गरे । दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने रावत र बिष्टले नगद ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैया समेत प्राप्त गरेका छन।
यसैगरी पहिलो पटक आयोजना गरिएको खुला ५ किलोमीटर महिला तर्फको उपाधी कैलालीकि सीमा चौधरीले प्राप्त गरिन उनले उक्त दुरि २० मिनेट दशमलव ११ सेकेण्डमा पूरा गरिन । उपाधी संगै चौधरीले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरिन ।
त्यस्तै सीता चौधरी दोश्रो र नेहा खड्का तेश्रो भए । चौधरीले निर्धारित दुरि २० मिनेट ४४ दशमलव २८ सेकेण्ड र खड्काले २२ मिनेट ६ दशमलव ३१ सेकेण्डमा पूरा गरेका थिए ।
उपाधी संगै दोश्रो र तेश्रो हुनेले क्रमशः ३ हजार ३ सय ३३ रुपैया र २ हजार २ सय २२ रुपैया नगद प्राप्त गरे ।
धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रमका बिजेता खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकि उप(प्रमुख सुशीला मिश्र भट्ट लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया