काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको बताएको छ ।
शुक्रवार केही सञ्चार माध्यमहरुमा ‘विप्लव गुमनाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि नेपाल कम्युनिस्ट पार्टीले एक प्रेस नोट मार्फत विप्लव पार्टीको राजनीतिक–सङ्गठनात्मक काममा व्यस्त रहेको बताएको हो ।
‘हाम्रो पार्टी र महासचिव विप्लव पार्टीको राजनीतिक सङ्गठनात्मक काममा व्यस्त रहेको कुरा जानकारी गराउँछौँ’ ‘यस्ता अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गर्दछौँ ।’ नेपाल कम्युनिस्ट पार्टीको प्रेस नोटमा भनिएको छ ।
विप्लव समूहले पार्टी ३ बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ विप्लव शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया