काठमाडौं । स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्त आज (शनिवार) राति हुँदैछ ।
रियलले घरेलु मैदानमा बार्सिलोनालाई आथित्यमा प्रदान गर्दैछ । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।
यो पनि पढ्नुहोस् : के हो एल क्लासिको ? यस्तो छ इतिहास
एल क्लासिको दुवैको टिमकालागि महत्वपूर्ण समेत रहेको छ । स्पेनिस लिगमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।
के हो एल क्लासिको, कसरी शुरु भयो ?
अन्तर्राष्ट्रिय क्लब फुटबलमा दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तलाई एल क्लासिको भनिन्छ । स्पेनका यी दुई विश्व महारथी क्लबले हुने भिडन्तले विश्वभर तहल्का मच्चाउने गर्दछ ।
यो खेल युइएफए यूरोपियन च्याम्पियनशीप फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । यी दुई क्लबहरु ला लिगा, कोपा डेल रे,स्पेनिस सुपर कप, यूरोपियन च्याम्पियन्स लिग, यूरोपियन सुपर कपलगायत प्रतियोगिताहरुमा भिड्ने गर्दछन् ।
यो भिडन्त इतिहाँसका कारणले पनि प्रख्यात छ । ऐतिहाँसिक दृष्टिबाट हेर्दा, बार्सिलोना र म्याड्रिड स्पेनका दुई ठूला शहरहरू हुन् जहाँ दुई फरक राजनीतिक मत पाइन्छ । सामान्यतया बार्सिलोना समर्थक क्याटालोनिया समर्पित हुन्छन् भने रियल म्याड्रिड समर्थक स्पेनिस सरकार समर्पित हुन्छन् ।
यी दुवै क्लबहरू संसारकै सबभन्दा धनी र सफल क्लब मानिन्छन् । पहिले क्याटालोनियालाई तानाशाही शासन प्रयोग गरी त्यहाँका नागरिकहरूलाई असम्मान र अत्याचार गरिन्थ्यो । तसर्थ नागरिकहरूले राज्यसँग बदला लिने एकमात्र उपाय म्याड्रिडको प्रतिनिधित्व गर्ने क्लबलाई हराउनु हो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया