मध्यरातमा व्यवसायीको गोली हानी हत्या : एक जना पक्राउ, घटनास्थलमा कुकुर परिचालन

लोकपथ
7
Shares
फाइल फोटो

काठमाडौं । सिरहामा एक व्यवसायीको गएराति गोली हानेर हत्या भएको छ । लहान नगरपालिका– २३ का सुनचाँदी व्यवसायी प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहले गोली तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

लहान नगरपालिका– २३ गड्डाचोक डेरा गरी बस्ने अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको लुटेरा समूहको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती ३५ वर्षीया अनिता विश्वकर्मालाई पनि लुटेरा समूहले खुकुरी प्रहार गरेका थिए । र उनको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदीपराज भण्डारीले लोकपथलाई बताए ।

‘उनको हातमा धारिलो हतियार प्रहार भएको छ । उनी अहिले उपचारको क्रममा छिन् । उपचार पछि उनीसँग पनि अनुसन्धान गर्छौं ।’ एसपी भण्डारीले भने ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको पनि उनले बताए । उनले भने ‘एक जनालाई नियन्त्रणमा लिएका छौं । आवस्यक अनुसन्धान गरिरहेका छौं । पक्राउ पर्नेमा लहान नगरपालिका ७ का नारायण चौधरी रहेका छन् ​।’

घटनाको अनुसन्धान गर्न कुकुर परिचालन गरिएको पनि उनले बताए ।

प्रहरीका अनुसार घटना राति साढे १२ बजेतिरको हो । घरमा सुतिरहेको बेला समूहमा आएका लुटेराले बिक दम्पतीमाथि आक्रमण गरेको थिए । लुटेरा समूहको प्रतिकारका क्रममा बिकको मृत्यु भएको र श्रीमती घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?