भौतिक उपस्थितिमै पढाई गर्ने पक्षमा प्याब्सन, निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले जनस्वास्थ्यका मापदण्ड अपनाएर भौतिक रुपमै पठन पाठन गर्नुपर्नेमा जोड दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाईन कक्षा सञ्चालन गर्न सीसीएमसीलाई गरेको सिफारिस सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको भौगोलिक अवस्था तथा अभिभावकहरुको आर्थिक सामाजिक अवस्थाको कारण सधैँ अनलाईन कक्षा सञ्चालन गर्न सहज नहुने समेत प्याब्सनले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै प्याब्सनले भनेको छ, ‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक सामाजिक अवस्था, ईन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक विद्यालयमा मात्र नभएर निजी शिक्षालयमा अन्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत क्षेत्र अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतवको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ ।’

त्यस्तै आफ्ना बालबालिकाहरुलाई कोरोना संक्रमणबाट जोगिन मास्क, स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी अवलम्बन गर्नका लागि प्याब्सनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?