आजको फलफूल र तरकारीको बजारभाउ : किविको प्रतिकेजी ४२५ रुपैयाँ (मूल्यसूची)

लोकपथ
0
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसरा अंगुर (कालो) प्रतिकेजी २१० रुपैयाँ, इमली प्रतिकेजी १४५ रुपैयाँ, काउली (स्थानीय) प्रतिकेजी ४५ रुपैयाँ, काउली (तराई) प्रतिकेजी ४५ रुपैयाँ, कागती प्रतिकेजी २५० रुपैयाँ, किवि प्रतिकेजी ४२५ रुपैयाँ, कुरीलो प्रतिकेजी ५५० रुपैयाँ, कोइरालो प्रतिकेजी २२५ रुपैयाँ, खुर्सानी हरियो (अखबरे) प्रतिकेजी २२५ रुपैयाँ, केरा प्रतिदर्जन ११५ रुपैयाँ तोलिएको समितिले जनाएको छ ।

यस्तै खुर्सानी सुकेको प्रतिकेजी ३१० रुपैयाँ, आलु रातो प्रतिकेजी ३२ रुपैयाँ, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ११५ रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३१० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १९० रुपैयाँ, तामा माछा (छडी) प्रतिकेजी २२५रुपैयाँ, ताजा माछा ( बचुवा) प्रतिकेजी २३० रुपैयाँ तोकिएको छ ।

यस्तै नासपाती (चाइनिज) प्रतिकेजी २५५ रुपैयाँ, पर्साले प्रतिकेजी १३५ रुपैयाँ, पालूंगो साग प्रतिकेजी ७५ रुपैयाँ,बोडी (तने) प्रतिकेजी १०५ रुपैयाँ, मटरकोशा प्रतिकेजी ११० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकेजी १४५ रुपैयाँ,सजिवन प्रतिकेजी ११० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?