यस्तो छ राष्ट्र बैंकको ८ महिनाको देशको अवस्था रिपोर्ट, बढ्यो व्यापार घाटा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालू आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु. ५ सय ५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को आठ महिनासम्ममा रु. १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु. ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु.२८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु.१० अर्ब ५ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र रु. १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कूल रु. २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको पनि बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु. ११ अर्ब ४ करोड बराबरको डिबेन्चर, रु. ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु. २ अर्ब ४ करोड बराबरको हकप्रद शेयर गरी कूल रु.२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।

चालू खाता रु. एक सय ४८ अर्ब ६८ करोडले घाटामा

सरकारको चालू खाता रु.१४८ अर्ब ६८ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु.११९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ ।

यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ६.८ प्रतिशतले वृद्धि आइ रु.११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आइ रु.१० अर्ब १८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५ लाखले बचतमा रहेको छ ।

यस्तो छ राष्ट्र बैंकको ८ महिनाको देशको अवस्था रिपोर्ट

नेपाल राष्ट्र बैंकले २०७७ फागुनमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको तथ्यांकमा २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको उल्लेख छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको पनि बैंकको भनाइ छ ।

यस्तै २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

वि.सं २०७७ फागुनमा वार्षिक बिन्दूगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।

फागुनमा वार्षिक बिन्दूगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको देखिएको छ भने अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।

वैदेशिक व्यापार

यसैगरी आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ११.३ प्रतिशत र २.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कूल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई रु.९४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः ७.१ प्रतिशत र १२.१ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

व्यापार घाटा बढ्यो

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कूल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई रु.८६३ अर्ब २१ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कूल विदेशी बिनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा रु.१४३६ अर्ब ५४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?