काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले Nabil iCard बाट Nabil Credit Card (NPR) को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त छुट अफर २०७८ बैशाख महिनाभरी हुने हुनाले नबिलको नजिकको शाखामा गई ग्राहकहरुले Nabil iCard बाट Nabil Credit Card (NPR) जारी गरी उक्त अफरको लाभ लिई ढुक्क हुन सकिने बैंकले जनाएको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैंकको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया