खन्तीले हानेर भाउजुको हत्या, आत्मसमर्पण गर्दै आफैँ पुगे प्रहरी कार्यालय

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंमा शनिवार बेलुकी अप्रिय घटना घट्यो । आफ्नी ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको हुँ भन्दै ४८ वर्षीय मोहन राज भण्डारी महानगरीय प्रहरी परिसर टेकु पुगे ।

घटना शनिवार बेलुकी सात बजे तिरको हो । टेकु पुगेका मोहनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गर्‍यो ।

मोहनले भाउजु ४८ वर्षीया रोश्निराज भण्डारीको हत्या गरेर आएको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गर्‍यो ।

मोहनले फलामको रड (खन्ती) ले हिर्काएका अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बाहादुर चन्दले लोकपथलाई बताए ।

बानेश्वरको बुलबुले मार्गमा हिडिँरहेकी रोशनीलाई मोहनले लखेटेर रडले हिर्काएको घाइते बनाएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।

तर चिकित्सकहरूले उनको शनिवार राति करिब आठ बजे मृत्यु भएको पुष्टि गरेका थिए ।

मोहनलाई पक्राउ गरी बानेश्वर वृत्तमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक चन्दले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?