काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड(१९) को जोखिम बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १ हजार १५ जना पीसीआर पोजेटिभ र ८१ जनामा एन्टिजेन पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभरका ५ हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कुल संक्रमित ९६ दशमलव ७ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । भने आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६ हजार २ सय ९० रहेको छ । जसमध्ये ५७६ जना संस्थागत आइसोलेसन र ५ हजार ७ सय २४ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया