कोरोना संक्रमणबाट वीरगञ्जमा एक महिलाको मृत्यु

वीरगञ्ज । कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जको नारायणी अस्पतालमा एक जना महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका १० मा  ५१ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालको कोभिड       संयोजक डा. सरोजरोशन दासले जानकारी दिए।

ज्वरो, खोकी र निमोनिया भएको कारण हिजो शनिवार उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। कोरोना परिक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएकोमा आज दिउँसो १.४० बजे उनको उपचारको क्रममा ज्यान गएको हो ।

यस अघि गत साता कोरोना संक्रमणले ३ जनाको मृत्यु भैसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?