धादिङको गजुरीमा कोरोनाका बिरामी बोकेको दुई हेलिकप्टर आकस्मिक अवतरण

धादिङ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकप्टर आकस्मिक अवतरण गरेको छ ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका हेलिकप्टर गजुरी बजारमा आकस्मिक अवतरण भएको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकप्टर मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौंमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?