काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले माधवकुमार नेपाल पक्षका नेतालाई कारवाही गर्ने भएको छ । आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाल पक्षका नेतालाई कारवाही गर्ने भएको हो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नेपाल पक्षले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको आरोप लगाएका छन् । उनले कम्युनिष्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारवाही गर्ने स्पष्ट पारे ।
त्यस्तै बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोपमा ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको स्रोतले बतायो । माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित ८ जना नेताले स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने समेत बैठकले निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया