युरोपियन सुपर लिगः फुटबलको लागि वरदान कि अभिशाप ?

आर्जव घिमिरे/ काठमार्डौं – युरोपियन सुपर लिगको घोषणाले सम्पूर्ण फुटबल जगतलाई नै हल्लाएको अवस्था छ। युरोपका ठूला टीमहरुले आफ्नो छुट्टै लिगको सुरुवात गर्न लागेको कुरा सार्वजनिक भएको छ। फुटबलले काँचुली फेर्ने दाबी गर्दै यसलाई अझै रोमाञ्चक बनाउनको लागि युरोपियन सुपर लिगको स्थापना भएको कुरा सुपर लिगको औपचारिक बयानमा रहेको छ।

फुटबल इतिहासमै तहल्का मच्चिने परिवर्तन भित्र्याउन लागेको युरोपियन सुपर लिगको आलोचना पनि संसार भर विशाल रूपमा भइरहेको छ।


के हो युरोपियन सुपर लिग?
निकै वर्षदेखि होहल्लामा रहे पनि यो लिगको सुरुवात हुने औपचारिक बयान आउँदा, युरोपका १२ ठूला टीमहरुले यूईएफए च्याम्पियन्स लिगलाई त्यागी आफ्नै मिड विक प्रतियोगिता सञ्चालन गर्न लागेको खबर सार्वजनिक भएको छ। योजना अनुसार सुपर लिगमा वार्षिक २० टीम बीच प्रतिस्पर्धा हुने जसमा १५ टीम फाउन्डिङ सदस्यहरू रहने र बाँकीका ५ स्पटका लागि घरेलु लिगहरुबाट योग्य हुनुपर्ने जनाइएको छ।

कुन – कुन क्लब सुपर लिगमा आबद्ध?
हालसम्म केवल १२ फुटबल क्लब सुपर लिगसँग आबद्ध हुने कुरा सार्वजनिक भएको छ।इङ्ल्यान्ड बाट आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम रहेका छन् । स्पेनबाट रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड छन्।इटली बाट युभेन्टस, इन्टर र एसी मिलान रहेका छन् ।
कुन कुन क्लब द्वारा प्रस्ताव अस्वीकृत?
अझै ३ वटा फाउँन्डिङ सदस्यको स्थान बाँकी रहदा सुपर लिगका संस्थापकहरु ठूला क्लबका खोजीमा छन्।’द एथलेटिक’ का अनुसार पेरिस सेन्ट जर्मेनले सुपर लिगमा भाग नलिने निर्णय लिएको छ। क्लबका प्रमुख नासेर अल खेलाइफी यूईएफए युरोपियन क्लब एसोसिएसनको अध्यक्षमा बढुवा भएको हुँदा पिएसजीले सो निर्णय लिएको हो।
जर्मनीका बोरुसीया डर्टमण्ड र बायर्न म्युनिकले पनि सुपर लिगको प्रस्तावलाई नकार्दै च्याम्पियन्स लिग नछाड्ने निर्णय गरेका छन्।
पोर्चुगिज क्लब पोर्टोले पनि सुपर लिगमा आफू आबद्ध नहुने जानकारी दिएको छ।
सुपर लिगका प्रमुख को हुन्?
रियल मड्रिडका प्रमुख फियोरेन्टिनो पेरेज युरोपियन सुपर लिगको अध्यक्ष हुने कुरा सार्वजनिक भएको छ। उनको सहायकमा म्यानचेस्टर युनाइटेडका सह अध्यक्ष जोल ग्लेजर् र युभेन्टसका आन्ट्र्या अग्नेली हुने खुलस्त भएको छ।

No description available.

No description available.

सुपर लिगको आलोचना
यूईएफएले सुपर लिगसँग आबद्ध हुने क्लबहरू माथि कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिसकेको छ। सो क्लबहरूलाई घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिताबाट प्रतिबन्ध लगाउने फैसला पनि युईएफएले सार्वजनिक गरिसकेको छ। सुपर लिगसँग सम्बन्धित क्लबलाई मात्र नभई खेलाडीहरुलाई पनि वर्ल्ड कप र युरोपियन प्रतियोगितामा प्रतिबन्ध लगाउने कुरा यूईएफएको छ।
यूईएफए बाहेक विश्व भरिका फुटबल प्रेमी र फ्यानहरुबाट पनि सुपर लिगको आगमनलाई रुचाइएको छैन र सारा फुटबल जगतले नै यसको निन्दा गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?