त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट : ’रेड हट’ फर्मलाई निरन्तरता दिने प्रयासमा नेपाल

काठमाडौं । नेपालले बजाज पल्सर ट्राई नेसन्स टी – ट्वेन्टी सिरिजको तेस्रो खेल आज नेदरल्याण्ड्स विरुद्ध खेल्दै छ ।

यस सिरिजको फाइनल खेलको लगभग नजिक पुगी सकेको नेपालले आज नेदरल्याण्ड्स विरुद्धको खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दर्शक बिना खेल्ने छ । कोभिड–१९ को बढ्दो असरलाई कम गर्न नेपाल सरकारको दर्शक सहितको खेलकुद सञ्चालन गर्न नपाइने आदेश सँगै त्रिकोणात्मक सिरिजमा दर्शक प्रवेशमा रोक लगाइने भएको छ ।
नेदरल्याण्ड्ससँग पहिलो खेलमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो भने हिजो सम्पन्न दोस्रो खेलमा पनि मलेसियालाई ९ विकेट ले नै पराजित गरेको थियो ।

नेपाल टोलीका ओपनर कुशल भुर्तेलले जारी सिरिजमा लगातार २ अर्धशतक बनाएका छन् । यसरी आफ्नो डेब्युमा आक्रामक ब्याटिङ प्रदर्शन देखाएका भूर्तेलले अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान बनाउन लगातार कोशिश गरिरहेका छन् । उनको ब्याटिङ स्टाइल निकैनै अग्रेसिव देखिन्छ भने उनको आशिफ शेख संगको साझेदारी पनि निकै जमेको छ । यी दुई बीचको रनिङ बेटुइन् दि विकेट को अण्डरस्ट्यान्डिङ प्रशंसनीय छ ।

मलेसिया विरुद्ध शतक प्रहार गरेका नेदरल्याण्ड्सका ब्याट्सम्यान म्याक्स ओ डाऊडलाई रोक्न नेपाली बलर्स सोमपाल, सन्दीप, करन लगायत सबैलाई ठूलो चुनौती हुनेछ । टी– ट्वेन्टी आई मा करन नेपालको सर्वाधिक विकेटकर्ता हुन् । मलेसिया विरुद्धको खेलमा आफ्नो बलिङका लागि उनी म्यान अफ दि म्याच पनि घोषित भएका थिए ।

डबल राउण्ड रोबिन लिगको आधारमा खलिएको त्रिकोणात्मक सिरिजमा नेपाल २ खेलमा ४ अंक सहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स २ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । मलेसिया अहिले सम्म अंक विहिन नै छ ।
आजको खेल त्रिवी क्रिकेट मैदानमा अपरान्ह १ः१५ बजे सुरु हुँदै छ । यसै गरि बुधवार (भोलि) नेदरल्याण्ड्स र मलेसिया तथा बिहीवार मलेसिया र नेपाल भिड्दै छन् । शीर्ष दुई टोली बीच वैशाख ११ गते (शनिवार) फाइनल खेल खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?